धादिङ । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा सडकअवरुद्ध भएको छ।
आज बिहान ६ः४५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । राजधानी काठमाडौं भित्रिने मुख्य राजमार्ग अवरुद्ध हुँदा सवारी साधनको लामै जाम लागेको छ ।
पहिरो पन्छाएर सडक खुलाने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

