एजेन्सी/काठमाडौँ । हामीमध्ये धेरैले कहीँ न कहीँ सडक किनार वा पसलबाट पत्रिकामा पोको पारेको चटपटे वा अन्य खानेकुरा खाइरहेका हुन्छौँ । तर यसरी पोको पारेको खानेकुरा खाने बानी हाम्रो स्वास्थ्यको लागि निकै खतरनाक छ भन्ने कुरा के तपाईँलाई थाहा छ ?
पत्रिका छाप्न प्रयोग गरिने मसी हानिकारक हुन्छ । यो हाम्रो शरीरमा गएमा यसले कोषहरू, डीएनए र रगतलाई पनि क्षति पुर्याउँछ भनेर मुटु विशेषज्ञ डा. बिमल छाजेड भन्छन् । विशेष गरी जब हामी कुनै तातो खानेकुरा पत्रिकामा राख्छौँ र त्यसलाई खान्छौँ तब यसको साइड इफेक्ट सबैभन्दा बढी हुन्छ । तातो तेलमा तारेको खानेकुरा पत्रिकामा जाने बित्तिकै, यो यसको रसायनहरूसँग मिसिन्छ र त्यसपछि सक्रिय भएर यसले शरीरलाई छिटो हानि पुर्याउँछ ।
पत्रिकामा बेरेको खानेकुरा खाँदा क्यान्सर त हुन्छ नै । यस बाहेक मिर्गौला र कलेजोमा क्षति, फोक्सोको सङ्क्रमण जस्ता धेरै रोगहरू पनि हुन सक्छन् । यस्तो खाना खाँदा पेटको क्यान्सरको सम्भावना बढ्छ । यसले ल्युकेमिया निम्त्याउन सक्छ । पत्रिकामा धेरै प्रकारका फंगल ब्याक्टेरिया र धुलो पनि हुन्छ, जसले श्वासप्रश्वास रोग, दम र हृदयाघातको सम्भावना बढाउँछ ।

