आज एकै दिन २७३ जनामा कोरोना संक्रमित

३१ जेठ, काठमाडौं । नेपालमा आज शनिबार कोरोना भाइरसका संक्रमित २७३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा नेपालभार २७३ जना संक्रमित थपिएका बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।