२२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोककी एक किशोरीलाई साउन २० गते पेट दुख्न थाल्यो । त्यसपछि उनलाई उपचारका लागि अस्पताल लगियो ।
सोही दिन उनले अस्पतालमा शिशुलाई जन्म दिइन् । पेट दुखेको भनेर अस्पताल आएकी अविवाहित किशोरीले बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गर्यो । प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताइन् ।
प्रहरीका अनुसार बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको छ । ‘पेटमा दुखेको भनेर अस्पताल ल्याइएकी ती किशोरीको परिवारले समेत गर्भवती भएको पत्ता नपाएको पाइयो,’ प्रहरी प्रवक्ता खरेलले भने ।

