महाकाली सिन्धका दोषीलाई खोजेर किन कारवाही नगर्ने

सांसद, उपेन्द्र यादव

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस–कम्युनिष्टले माफी माग्नुपर्ने माग राखेका छन् ।

नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने समेत उनले बताए ।

मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने ? अनि त्यसबेला सन्धी गर्नेहरूले माफी माग्नुपर्दैन ?

महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने एमालेका नेता केपी शर्मा ओली महाकाली सन्धी गर्न खुलेरै लागेका थिए । देउवा र ओलीतर्फ हेर्दै सांसद यादवले ‘राष्ट्रघात आफू गर्ने, मधेशीलाई राष्ट्रघाती भन्ने?’ प्रश्न पनि गरे ।

यादवले महाकाली सन्धी गर्दा काली नदीको मुहानबारे किन उल्लेख नगरिएको भन्ने प्रश्न पनि गरेका छन् ।

यादवले आन्तरिक एकता बलियो बनाउन सुझाव दिए । ‘राष्ट्रियता र देशभक्ति हाम्रोमा बलियो छ,’ संविधान संशोधन पारित गर्ने गरी पार्टीभित्र छलफल गरेर हामी संशोधनको पक्षमा मत हाल्छौं ।