Breaking News

पूर्वराष्ट्रपति विद्या भण्डारीले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आज पत्रकार सम्मेलन गर्ने भएकी छिन् । दिउसो ३ बजे बबरमहल स्थित कार्की व्याङ्क्वेटमा पत्रकार सम्मेलन हुन लागेको हो । नेकपा एमालेको हालै सकिएको केन्द्रीय कमिटी बैठकले उनका सदस्यता नवीकरण रद्दका साथै उनलाई पार्टीमा आउन समेत रोकेपछि भण्डारीले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन् ।

भण्डारीले आफ्नो आगामी यात्राबारे पनि आज प्रस्ट पार्ने उनको सचिवालयले जनाएको छ ।