Breaking News

मोटरसाइकल दुर्घटनामा घाइते विक्रमको उपचारका लागि सहयोगको अपील

-कृष्णबहादुर कार्की
पर्वत । पर्वत जिल्लाको जनजला गाउँपालिका वडा नं. २ मल्लाज निवासी २७ वर्षीय विक्रम अधिकारीको असार २३ गते अपरान्ह मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका उनको स्वास्थ्य उपचारका लागि सहयोग अपील गरिएको छ। झलक बहादुर अधिकारी र याम कुमारी अधिकारीका छोरा विक्रम अधिकारी हुन्। दुर्घटनामा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।

हाल उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र उनको घरको आर्थिक अवस्था ज्यादै नाजुक भएको र उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले विक्रमकी श्रीमती अनिता अधिकारीले सहयोगको अपिल गरेकी छन् ।

सहयोग अपिलमा सम्पूर्ण शुभचिन्तक, आफन्तजन एवं देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूसँग मेरो श्रीमान्को स्वास्थ्य उपचारमा सहयोग गरी जीवन रक्षाको लागि सहयोग गरिदिन अनुरोध गरेकी छन्।