प्रतिनिधिसभाको बैठक शुरु नेकपा अध्यक्ष प्रचण्ड बोल्दै

३१ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ ।

भरखरै सुरू भएको बैठकमा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ ।

सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो ।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ ।

बिचबिचमा सर्वदलीय बैठक र सहमति गर्दै आइरहेको थियो ।

संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन्। छलफलपछि विधेयक निर्णयार्थ
प्रस्तुत हुनेछ ।

संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ । अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ ।

विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।

बैठकको शुरुमै सत्तारुढ नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले बोलिरहन्ु भएको छ ।