Breaking News

बिचौलियासँग मन्त्रीको घुस डिल गरेको प्रमाणित हुँदा मन्त्री बर्खास्त नहुँदा प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक संजालमा लेखेका छन्, घुस प्रकरणमा जोडिएका मन्त्रीलाई कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन् । उनले यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन् ।

कोइरालाले विपक्षी दलहरूले पनि कर्मकाण्डी रूपमा मात्र राजीनामा मागेको उल्लेख गरेका छन् । उनले थप भनेका छन्– सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिचौलियासँग घुस डिल गरेको प्रमाणित भइसक्दा पनि बर्खास्त नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

नेता डा. शेखर कोइराला