काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक प्रहरीको सर्त मान्न राजी भएसँगै रिहा भएका छन् ।
पाठकले अबउप्राप्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर उनलाई कागज गरी परिवारको जिम्मामा छोडिएको छ ।
पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले यही प्रकरणमा सोधपुछका लागि आज बोलाएकोथियो ।
जसअनसुसार शुक्रबार दिउँसो प्रहरीमा उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो ।
प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका श्री ५ु उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले नागरिक हैसियतमा पुगिसकेका पूर्वराजाको विज्ञप्ति निकाल्दा ‘श्री ५’ को हैसियतमा निकाल्दै आएका थिए ।

