Breaking News

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक दरखास्त आह्वान

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ। लोक सेवा आयोगको सहमतिपछि केयूकेएलले आज शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले दरखास्त फाराममा पासपोर्ट साइजको फोटो टाँसी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू आफैँ प्रमाणित गरी आजको २१ दिनभित्र त्रिपुरेश्वरस्थित केयूकेएलको मानवश्रोत विकास शाखामा बुझाउन सक्नेछन्। यस्तै तोकिएको म्यादपछि सात दिनभित्र पनि दोब्बर दस्तुर तिरेर पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। दरखास्त बुझाउने अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको भोलिपल्ट पनि दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ।

ku