Breaking News

सिन्धुपाल्चोकको इकुमा खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध

२६ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा आज विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार इकुमा सडक माथीबाट पहिरो आएको र सडक तलसम्म भासिएको कारण सडक पूर्ण रुपमा अबरुद्ध भएको हो । ‘माथिबाट पहिरो तलबाट भासिएको छ, तलबाट माटो थेगिने वाल नलगाई सडक खुलाउन समस्या छ’, जिल्ला प्रहरी प्रमुख कार्कीले भने, ‘सडक खुलाउने बारेमा सडक विभागसँग समन्वय भइरहेको छ ।’