काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै सो पार्टीले आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
ुपार्टी अध्यक्ष श्रेष्ठका अनुसार गठबन्धनमै रहे पनि हामीसँग छलफल नै नगरी सुदूरपश्चिममा हाम्रो पार्टीका मन्त्रीलाई बर्खास्त गरियो । अन्य सवालमा पनि गठबन्धनमा कुनै छलफल हुने गरेको छैन । यस्तो अवस्थामा सरकारमा रहिरहनु उपयुक्त लागेन ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि संघ र प्रदेश सरकार अल्पमतमा पर्ने छैन ।

