Breaking News

कारागारबाट रविको अपिल : म मरिहालेछु भने जनताले यिनीहरुको हातमा हतकडी लगाउनेछन्

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा कारागारमा जृेल जिवन बिताई रहेका छन् । उनले कारगार बाटै २० पृष्ठ लामो अपिल गरेका छन् । उनले भनेका छन्, आफूलाई राजनीतिक प्रतिशोध साँधेर षड्यन्त्रपूर्वक फसाइएको बताएका छन् । त्बतब

सभापति लामिछानेले पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा कारगारबाट अपिल गर्दै आफूमाथिको सहकारी ठगीको आरोप निराधार रहेको र देशका पुराना शक्तिहरूले आफूविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरेको बताएका छन् ।

अपिलमा लामिछानेले रास्वपाको मतबाट अत्तालिएका पुराना शक्तिहरूले आफूलाई सिध्याउन भयानक षड्यन्त्र रचेको, छत्तीस वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन,ु तर यिनीहरूले सिंगो देशलाई नै जेल बनाइसके।

उनले आफूविरुद्ध प्रहरी, प्रशासन र न्यायपालिकाकै दुरुपयोग भएको, मध्यरातमा बलपूर्वक पक्राउ गरिएको, कानूनको हदम्याद नाघेर मुद्दा चलाइएको र आफूमाथि मात्रै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लगाएर प्रतिशोध साधिएको लेखेका छन् ।

लामिछानेले आफूले कुनै सहकारीबाट एक पैसा पनि नलिएको र आफ्नो नाममा कुनै ऋण वा सवारी साधनसमेत नभएको स्पष्ट पारेका छन्। सभापति लामछानेले आफु अमेरिका बसेको देखि संचारकर्मी हुँदाका आफ्ना गतिविधि, टेलिभिजन चलाउँदाका अनुभूति र राजनीतिक क्षेत्रमा आएपछि आफुमाथि आएका अवसर अन्य गतिविधिलाई धेरै मात्रामा उल्लेख गरका छन् । उनको यो विज्ञाप्ति उनकै सचिवालयमार्फत सार्वजनिक गरिएको हो।

रवि-लामिछानेकाे-अपिल_V2c