काठमाडौं । हिजो राती प्राप्त मतगणना अनुसार अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
कडरियाले आफ्ना प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले हराउँदै निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर बिजयी हुँदा पौडेलले ७२५ मत ल्याएका थिए ।
मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो ।
दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।
त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।
निर्वाचित पदाधिकारीहरूः
अध्यक्ष: सुजन कडरिया
उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ
महासचिव : दिपक धामि
उपमहासचिव: कमल जोशी
सचिव : आकाश घर्ती
सचिव: रचना सापकोटा
सचिव : समिम बाबु
सचिव : गोपाल नेपाल
आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

