एसइई परीक्षा रद्द आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्न निर्देश

२८ जेठ काठमाडौं । यस वर्षको एसइई परीक्षा नहुने भएको छ । आज साझ बसेको मन्त्रिपरिषदको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो ।

सम्बन्धित स्कुलहरूले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय भएको एक बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेस गरेको प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो । यस सम्बन्धमा विस्तृत जानकारी शिक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेनल गरेर दिने भनिएको छ ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो । त्यसयता सो परीक्षा हुने कि नहुने भन्ने अन्यौल थियो ।

शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो ।