कालिकोट टिपर दुर्घटनाका सख्त दुई जनालाई काठमाण्डौ ल्याइयो दुई जना अझै वेपत्ता

२८ जेठ, काठमाडौं । आज बिहान कालिकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको थियो ।

सोही टिपर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कालिकोटबाट उपचारका लागि भनेर हेलिकप्टरमार्फत् सुर्खेत ल्याइएको भए पनि अवस्था गाह्रो भएका कारण काठठमाडौं नै लगिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजीव बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार टिपर खस्दा बेपत्ता भएका भनिएकामध्ये ३५ जना सम्पर्कमा छन् । जसमध्येका घाइते ८ जनामध्ये २ जनालाई काठमाडौं लगिएको छ । रास्कोट नगरपालिका–२ का २० वर्षीय निस्पता सार्की र २८ वर्षीय मिम सार्की रहेका छन् ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–२ का २१ वर्षीया शर्मिला सार्की र २१ वर्षीया ठम्की सार्की रहेको एसपी पन्तले जानकारी दिए ।

बेपत्ता दुई जनाको खोजी भइरहेको छ ।

भारतबाट आएका रास्कोटका नागरिकलाई क्वारेन्टिनमा पु¥याउन कर्णाली करिडोर हुँदै टिपर गएको थियो तर अचानक कर्णालीमा खस्यो, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताएका छन् ।

दुर्घटनामा मृत्यु भएका तथा बेपत्ता भएकासहित ३९ जना भारतबाट आएका थिए । रास्कोट नगरपालिकाका मेयर काशिचन्द्र बरालका अनुसार उनीहरूमध्ये केही मंगलबार राति पुगेका थिए भने केही बुधबार बिहान कालिकोट पुगेका थिए ।