Breaking News

भोलिदेखी यातायात चल्ने गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली स्थगित

काठमाडौँ । यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । आज साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए ।

बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेको छ । केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले उक्त नियमावलीको कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका एक जना अधिकारीले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नियमावली रोक्न भन्दै पत्र पठाएको थियो । सोपछि मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले छलफल सम्बन्धित मन्त्री तथा पदाधिकारीहरूसँग छलफल गरेका थिए । छलफलपछि सो अवधिका लागि नियमावली स्थगित गर्ने र यातायात व्यवसायीसँग वार्ता गर्ने निर्णय भएको ती अधिकारीले जानकारी दिए ।