नेपालमा २४ घन्टामा कोरोना भाइरसका २७९ जना संक्रमित थपिए

२८ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज नेपालमा २४ घन्टामा २७९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका बताइएको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४३६४ पुगेको छ । तीमध्ये ६७४ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।