सडकमा राजावादीहरुले व्यवस्था परिवर्तन गर्ने भनेर सडकमा आन्दोलन चर्किरहेको बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड ले राजावादीहरूको प्रदर्शनले मुलुकमा व्यवस्था परिवर्तन नहुने बताएका छन्। प्रचण्डले आज नुवाकोटमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै राजावादीहरूले मानिसहरूलाई भाडामा ल्याएर प्रदर्शनमा सहभागी गराएको दाबी गर्दै त्यसरी हुने प्रदर्शन र जुलुसले व्यवस्था परिवर्तन नहुने बताएका हुन्।
भाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्नु सामान्य हो। व्यवस्था र संविधान परिवर्तन असम्भव छ, उनले भने।
अध्यक्ष प्रचण्डले अव राजावादीहरूसँग एउटा मात्रै विकल्प रहेको बताए।
चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ। त्योभन्दा अरू कुनै तरिकाले संविधान जाने भन्ने हुन सक्दैन,ु प्रचण्डले भने।
यद्यपि उनीहरुको मत कति छ भन्ने विषय यसअघिको चुनाव र उपचुनावमा देखिइसकेको पनि प्रचण्डले बताए।
उनीहरुसँग पैसा अलिकति छ। चैत १५ गते नै पैसा दिएर आएका हौं भन्ने मान्छेहरू लुटपाटमा लागेको हामीले देखिसकेका छौं।त्यसकारण भाडामा आएका मान्छेले व्यवस्था परिवर्तन, संविधान परिवर्तन गर्ने भन्ने हुनै सक्दैन ।
राजावादीहरूको जुलसमा केही मानिसहरू देखिए पनि त्यो पूर्वराजाप्रतिको सम्मान नरहेको बताए।
ुत्यो राजाप्रतिको सम्मान भन्दा पनि कांग्रेस र एमाले नेतृत्वको सरकारले गरेको ज्यादतीप्रति जनतामा आक्रोश छ त्यो आक्रोशको अभिव्यक्ति कहिलेकाहीँ त्यहाँ गएर ठोक्किन्छ। त्यसलाई राप्रपाले के–के न हाम्रो भनेर ठान्नु चाहिँ भूल हुन्छ ।

