Breaking News

राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ

सुर्खेत । फिरन्ते राउटे समुदायका युवतीहरूलाई दुर्व्यवहार गरेको आरोपमा दैलेख प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिकाका—३, का २८ वर्षीय टोपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले बतायो ।
शाहीलाई कर्णाली राजमार्ग अन्तर्गतको टुनिबगर बजारबाट पक्राउ गरिएको छ । ‘

घटना पनि सुर्खेतकै हो । चार जना राउटे युवतीलाई ट्रकमा राखेर दुर्व्यवहार गरिरहेको भिडियो सामाजिक सञ्जालहरूमा सार्वजनिक भएको थियो ।

लगत्तै प्रहरीले उनीहरूको खोजी कार्य थालेको थियो ।

‘भिडियोमा दुर्व्यवहार नै गरेको देखिन्छ ।