Breaking News

रिहा भएको केही दिनमै अफताव आलमलाई मस्तिष्कघात उपचार हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलम दुई दिन अघि मात्र रिहा भएका थिए । तर आज उनलाई मस्तिष्कघात भएको छ । बिहान ९ बजे नै उनलाई अस्पताल पुर्‍याइएको बताइएको छ।
मानिसलाई इँट्टाभट्टामा ज्युउँदै जलाएको अभियोगमा जन्मकैद पाएर कैदमा रहेका आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।

उनलाई मस्तिष्कघात भएपछि काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।