काठमाडौँ । सरकारले जेठ १८ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मत्सेयेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विज्ञप्तिमा मत्स्येन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा दिनेबारेको सूचना २०८१ फागुन १५ गतेको राजपत्रमा सूचना प्रकाशित भइसकेको पनि उल्लेख छ ।


