Breaking News

मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोलामा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द

२८ वैशाख, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।

कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको
छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ ।