हामी पनि नक्सा संशोधनको पक्षमा

लक्ष्मणलाल कर्ण

२७ जेठ, काठमाडौं । मधेश केन्द्रित दुई दल राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपालले पनि भूमि अनुसारको नयाँ नक्सालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा उभिएको बताएको छ ।

आजको प्रतिनिधि सभामामा भएको सैद्धान्तिक छलफलमा राजपा नेपालका सांसद लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने जाहेर गरेका हुन् ।

समाजवादीका राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय आन्तरिक र बाह्य हुने भएकाले राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने र नगर्ने बताएका छन् ।

सररकाको तर्फबाट आएको संशोधनको समर्थन गर्नुपर्ने उनले बताए । साथै लिम्पियाधुराको सिरानबाट बगेको नदी नै कालीनदी भएकोले हामी संविधान संशोधनको पक्षमा उभिछौं ।

त्यस्तै राजपाका सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियताको विषयमा शंका गरिएकोमा आपत्ति जनाउँदै राष्ट्रियताको विषय र भौगोलिक अखण्डताको विषयमा होच्याउने कार्य नगर्न आग्रह समेत गरे ।

कर्णले नक्साको विषय कुटनीतिक रुपमा समाधान गर्नुपर्ने तर्क गर्दै महाकाली सन्धी र सन् १९५० को सन्धीको विषयमा समेत छलफल गर्नुपर्ने समेत जिकिर गरे ।