Breaking News

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति मन्त्रिपरिषद्ले बैठक पछि सार्वजनिक गरिने

१७ वैशाख, काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको बुझिएको छ ।

सहमतिको ड्राफ लिएर शिक्षा मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन गएका छन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ ।

सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।