Breaking News

रेशम चौधरी चार घन्टा कारागारमा बसेपछि रिहा

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आज दिउसो एकाएक पक्राउ परे । उनलाई सादा पोसाग लगाएका प्रहरीले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ गरिएको हो । आज नागरि उन्मुक्ति पार्टी र जनमत पार्टी बीच एकता घोषणा कार्यक्रम थियो । सो कार्यक्रममा सहभागी हुन पुगेको चौधरी पार्टी एकता घोषणा हुन नपाउँदै पक्राउ गरेर उनलाई डिल्लीबजार कारागारमा चलन गरिएको थियो । तर उनी पक्राउ परेको ४ घन्टापछि उनी पक्राउ गर्ने चिठी नै नक्कली भएपछि सर्वोच्वले अर्को चिठी बनाएर पठाएपछि उनी रिहा भएका थिए ।

चौधरीलाई पक्राउ गर्न पत्र काट्ने व्यक्ति हुन सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट । उनले कााटेको पत्र नै नक्कली भएपछि चौधरी रिहासँगै उनी पक्राउ परेका
छन् ।

बिष्टलाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको
छ ।

विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि विष्टलाई पक्राउ गरिएको स्रोतले बतायो ।

रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने पठाएपछि त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गरिएको हो ।