Breaking News

छिन्नभिन्न भएका राजावादीहरु एउटै मञ्चमा

राजावादीहरु आज एकै मञ्चमा उभिएका छन् । राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर छिन्नभिन्न भएका राजावादीहरु आजभोलि एक जुट हुन थालेको छन । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रले गएको फागुन ७ गते गरेको वक्तव्यबाट हौसिएका रावावादीहरु त्यसपछि सडकदेखि सदनसम्म बोलिरहेका छन् ।

राजा ल्याउछु भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईले गएको चैत्र १५ गते काठमाडौको तीनकुनेमा गएको हिंसात्मक आन्दोलनबाट दुई जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो । उनै कमाण्डर अहिले प्रहरी थुनामा बसेर बयान चलिरहेको छ ।

आजको जमघट भने राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका थिए । सो जमघटमा राजा ल्याउनै भन्दै आन्दोलन गरिरहेका विभिन्न दल, अभियान र समूहका मुख्य नेताहरू जोडिएका थिए ।

राप्रपा नेपालको आयोजनामा काठमाडौंको शान्तिबाटिकामा भएको जनप्रदर्शनमा राजावादीहरू जुटेका हुन् ।

यसअघि उनीहरू राजसंस्था पुनर्स्थापनालगायत समान एजेन्डामा फरक–फरक कार्यक्रम गर्दै आएका थिए।

राप्रपा नेपालले गरेको जनप्रदर्शनको मञ्चमा पुगेका नेताहरूले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा एकअर्काले गर्ने कार्यक्रमलाई समर्थन गर्ने पनि उद्घोष गरेका थिए ।

कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपाल अभियानका प्रमुख केशरबहादुर विष्ट पुगेका हुन्।