Breaking News

दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट सार्वजनिक

काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट छनोट गरी सार्वजनिक गरेकोे छ ।

आइतबार बसेको समितिको बैठकले आयोगको पदाधिकारीका लागि ३४ जनाको सर्ट लिस्ट छनोट गरेको हो ।

कानुन न्याय तथा संसदीय मन्त्रालयको वेवसाइटमा प्रकाशित सुचिअनुसार अग्नीप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लिलादेवी गड्तौला, विजयसिंह सिंजापति,विश्वराज कोइराला र शेरबहादुर केसी अध्यक्षका लागि सर्टलिस्टमा परेका छन् ।

त्यस्तै सदस्यमा कविता पाण्डे, कुमारी कौशल्या ओझा, कुलप्रसाल शर्मा, कृष्णप्रसाद पौडेल, कृष्णप्रसाद सुवेदी, गोपालनाथ योगी, गोपालप्रसाद लम्साल, टीकाप्रसाद ढकाल, नरेन्द्रकुमार केसी, नलवकिशोर यादव, नागेन्द्रलाल कर्ण, पदमबादुर शाही, ब्रहमदेव राययादव, डा।मानवहादुर विश्वकर्मा, राजुप्रसाद चापागाई सर्टलिस्थमा परेका छन् ।

त्यसैगरी रामकुमार आचार्य, रामकान्त तिवारी,रेश्मा थापा, विनिता नेपाली, विनोदमोहन आचार्य, विरेन्द्रप्रसाद थपलिया, शोभाकर बुढाथोकी, श्रृजना पोखरेल, सन्तोषबाबु सिग्देल, सुवोधराज प्याकुरेल र प्राडा हेमराज सुवेदी रहेका छन् ।