काठमाडौँ । नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलन अन्तर्गत आज २६औं दिनमा आईपुग्दा शान्तिपूर्ण आन्दोलन एकाएक रणमैदानमा होमिएको थियो । शान्ति पूर्ण धर्ना र धर्ना कार्यक्रममा सरिक भएका शिक्षकहरुको हुलमा एकाएक प्रहरीले लाडी बर्साउन थालेपछि जवाफीमा ढुंगा बर्षिन थालेका थिए । आजको शिक्षकमाथि भएकोे दमनको विरोध गर्दै शिक्षक महासंघले थप सशक्त बनाउने निर्णय गरेको छ ।
शिक्षक महासंघको बैठकले प्रहरीले गरेको दमनको घोर भर्त्सना गरेको छ।
शिक्षकमाथि पानीको फोहोरापछि सडक साइडमा बसिरहेका शिक्षकमाथि प्रहरीले एकाएक लाठी चलाएको थियो । तर, त्यसपछि प्रहरीले सडक पेटीमा उभिएका शिक्षकहरूमाथि अन्धाधुन्ध लाठी हान्यो।
आन्दोलनलाई थप सशक्त बनाउनका लागि शिक्षक तथा कर्मचारीलाई काठमाडौं बोलाउने भएको छ। विद्यालय खोल्न निर्देशन दिईरहेका पालिकाहरूलाई विद्यालयको साचो बुझाएर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेको छ ।
विद्यालय खोल्न दबाब दिने पालिकालाई विद्यालयको साचो बुझाएर काठमाडौं आउन प्रधानाध्यापकहरूलाई अनुरोध गरिएको बताए । त्यस्तै शिक्षक महासंघले पेश गरेको ९ बुदाहरू मन्त्रिपरिषदबाट तत्काल पारित गराउन ताकेता गर्ने समेत निर्णय गरेको छ ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन्। आन्दोलनको २६ ओै दिनमा आज प्रहरी र शिक्षकहरूबीच झडप भएको थियो । झपडका क्रममा ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाईते भएका छन् ।

