Breaking News

प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्छ

९ वैशाख, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री बन्नेहरूले काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गरेका छन् ।

मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

‘प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुपर्‍यो,’ गौतमले भने, ‘यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यीनिहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ ।’

उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे ।