काठमाडौं । बालिका बलात्कार आरोपमा स्याङजामा एक जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका–८ बस्ने ५५ वर्षीय अर्जुन भनिने ख्याम कर्ण दमाईंलाई पक्राउ गरिएको हो ।
बालिकाका अभिभावकले दिएको उजुरीको आधारमा दमाईंलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
उनले गत वर्षको साउन १५ गते राति बालिकालाई जबर्जस्ती करणी गरेका आरोप छ । उनलाई चैत २८ गते घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

