पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३१४ थपिदै ३७३२ पुगेका छन्

२६ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या बढ्ने क्रममा आज सोमबार ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

नियमित पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू रहेकाछन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन् ।