काठमाडौं । आन्दोलनरत शिक्षकहरूले सरकारसँग वार्ताका लागि विभिन्न आधारहरू खोजेका छन् । आन्दोलनरत शिक्षकहरूले सरकारसँग वार्ताका लागि बलियो आधार खोजेको हो । त्यसका लागि नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जसमा वार्ताका लागि आधार पुरा गरेको खण्डमा मात्रै विद्यालय शिक्षा विधेयकका विषयमा वार्तामा बस्ने अडान महासंघको छ ।
महासंघले नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो रु त्यसमा प्रष्टता खोजेको छ । त्यस्तै विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रीपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो रु भन्ने विषयमा समेत सरकारको ठोस जवाफ महासङ्घले मागेको छ ।
महासंघले सरकारसँग वार्ताको वातावरण निर्माणमा ति विषयमा सरकारको तर्फबाट प्रष्टता आवश्यक भएकोले शीघ्रातीशीघ्र निर्णय लिन भनेको हो । महासंघले सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले शिक्षामन्त्री विद्या भट्टराईसहितको टोलीसँगको भेटमा वार्ताका लागि ठोस आधार खोजेको हो ।
तीन घण्टाभन्दा बढि चलेको छलफलमा महासंघको टोलीले गत वर्षको असोजमा भएको सहमति अन्तर्गत सरकारले गर्नुपर्ने कार्यहरू किन नगरेको भन्दै प्रश्न गरेका थिए ।
आजको छलफलमा भएका विषयमा बाहिर कोहि पनि नबोल्ने सहमति भएको थियो। महासंघको तर्फबाट आफ्ना मागहरू राखिएको महासचिव तुला बहादुर थापाले बताए ।
भित्र छलफलको क्रममा शिक्षकहरूले गत वर्ष सरकारसँग भएको सहमति किन कार्यान्वयन नगरेको भन्दै प्रश्न गरेका
थिए । गत वर्ष भएको सहमतिमा सरकारले तत्काल गर्ने, शिक्षा विधेयकमा समेट्न भनेर सहमति गरेको थियो। मन्त्रीपरिषद्बाट तत्काल गर्ने भनिएका विषय समेत अहिलेसम्म कार्यान्वयन नभएको भन्दै महासंघका प्रतिनिधिहरूले प्रश्न गरेका थिए ।

