नेपाल बार एशोसिएशनमा नयाँ कार्यसमिति चयन भएको छ।
बिहीबार एशोसिएशन परिसरमा निर्वाचन समितिले बारमा विजयप्रकाश मिश्रको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको घोषणा गरेको हो।
बारमा कांग्रेस-एमाले गठबन्धनको प्यानलै निर्वाचित भएको छ।
अध्यक्षका उम्मेदवार मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्र-रास्वपा-एकीकृत समाजवादीतर्फ गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे।
उपाध्यक्षहरूमा सात प्रदेशबाट पदमप्रसाद लिम्बु, अजयशंकर झा, तेजबहादुर रावल, भूपेन्द्र खनाल, कृष्णप्रसाद पोख्रेल, विवशकुमार बस्नेत, सिद्धराज ओझा र महिलातर्फबाट अधिवक्ता सरस्वती श्रेष्ठ विजयी भए।
केदारप्रसाद कोइराला महासचिव निर्वाचित भए।
महिला सदस्यमा रंजिता कार्की, काठमाडौं बाहिरका अधिवक्ता किरण पौडेल र खुलातर्फ किरण न्यौपाने, शारदा गुरूङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका हुन्।
निर्वाचित कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरूले अबिर र फूलमाला लगाएर बधाई साटासाट गरेका छन्।

