Breaking News

भक्तपुरमा बस पल्टिँदा चार जना घाइते

भक्तपुरमा बस पल्टिँदा चार जना घाइते भएका छन्।

आज बिहान ८ बजे सूर्यविनायक नगरपालिका ५ चुनदेवी आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस पल्टिएको हो।

च्यामासि‌ंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरले बतायो।

दुर्घटनामा चार जना सामान्य घाइते भएको उनले बताए।

काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक ८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक ९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवी बानियाँ घाइते भएका हुन्।

उनीहरूलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको छ।

प्रहरीले बस र चालक भक्तपुर नगरपालिका ७ इनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ। चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखेको छ।