Breaking News

रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना

२८ चैत, काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ ।

प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।
बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा लिएको छ ।