Breaking News

काठमाडौं विश्वको सर्वाधिक प्रदूषित सहरको सूचिमा पहिलो स्थानमा

काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वको सर्वाधिक प्रदूषित सहरको सूचिमा पहिलो स्थानमा रहेको छ । काठमाडौँमा हावाको गुणस्तरको सूचक (एयर क्वालिटी इन्डेक्स– एक्यूआई) २३४ पुगेको छ। यो अवस्था मानव स्वास्थ्यका लागि निकै अस्वस्थ मानिन्छ। मुख्य प्रदूषक पी एम २.५ को मात्रा १५९ पुगेको छ।

सरकारबाट स्वीकृत वायु गुणस्तरको सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० हुँदा अस्वस्थ, २०१–३०० हुनुलाई निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

गत शनिवार हावा धेरै चलेकाले प्रदूषण अघिल्ला दिनको तुलनामा कम भए पनि विश्वका प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको काठमाडौँ आइतबार दोस्रो स्थानमा थियो।

वातावरण विभागको वायु गुणस्तर निगरानीमा काठमाडौँको शंख पार्कमा हावाको गुणस्तर निकै अस्वस्थ ९एक्यूआई २१४० रहेको देखिएको छ। रत्नपार्क, भक्तपुर, भैंसेपाटी, खुमलटारमा वायुको गुणस्तर अस्वस्थ रहेको छ।