Breaking News

शिक्षकहरूको माग सम्बोधन गर्ने गरी सरकारले ठोस पहल अघि बढाउने

काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्ने गरी सरकारले ठोस पहल अघि बढाउने बताएको छ । आज बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले शिक्षकहरूको मागको विषयमा छलफल गरेका थिए ।

शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्ने गरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् । बिहीबारको छलफलबारे जानकारी गराउँदै गृहमन्त्री रमेश लेखक भने, ‘शिक्षा विधेयक अघि बढाउन सरकारले भूमिका निर्वाह गर्छ ।’

तर, उनले सरकारले कहिले र कसरी माग सम्बोधन गर्ने गरी निर्णय लिने गृहमन्त्री लेखकले बताए । अहिले हामीले छलफल गरेका छौँ । सरकार शिक्षकले उठाएका विषयमा सरकार अत्यन्तै ज्यादा गम्भीर छ । चाँडै यो विषयमा ठोस निर्णयमा पुग्छौ ।