ज्ञानोदय मा.बि. राम्नाकोट क्वारेन्टाइनमा बसेकाहरुद्धारा श्रमदान

उनीहरुद्धारा बिद्यालय हाताभित्र हिड्ने सिंढी र फोहोर फाल्ने खाटो निर्माण

२६ जेठ, कालिकोट, राम्नाकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर– ४ ज्ञानोदय मा.बि. राम्नाकोटको क्वारेन्टाइनमा बसेका ७९ जना बिद्यालयको भौतिक पूर्वाधार निमार्ण कार्यमा लागेका छन । तिनीहरुले क्वारेन्टाइनमा त्यतिकै बस्नुको साटो बिद्यालय प्राणङ्गमा दुईवटा फोहर फाल्ने खाडल र बिद्यालय भित्र बिद्यार्थी चढ्ने सिढी निमार्ण गरेका छन् ।

ज्ञानोदय मा.बि.राम्नाकोटको क्वारेन्टाइनमा बसेका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, खाडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाका रहेका नागरिकहरुले क्वारेन्टाइन भित्रको फाल्तु समयलाई सदुपयोग गर्दै यी दुई निर्माण कार्य गरिएको जानकारी पालिका प्रवक्ता तथा ४ वडाध्यक्ष अनरुप रोकाया कदर न्यूलाई जानकारी दिनु भएको छ ।

हामीलाई आज बेलुका फोन मार्फत् जानकारी दिने क्रममा प्रवक्ता तथा अध्यक्ष रोकाया भन्नुह्ुन्छ, क्वारेन्टाइनमा बसिरहेको फाल्तु समयलाई सदुपयोग गर्दै जुझारु र जागरुक युवाहरुले बिद्यालयको केही निर्माण कार्यका साथै बिभन्न काम गरेको बताउनु भएको छ ।

रोकायाका अनुसार पुर्ण सर्तकता, सावधानी, समाजिक दुरी तथा सचेतता पूर्वक क्वारेन्टाइनमा बसेको र सचेतपुर्ण ढंगले समयको उपयोग गराईएको बताउनु भयो ।

अध्यक्ष रोकाया अगाडी बताउनु ह्ुन्छ, ७९ जना केही दिन अघि मात्र भारतबाट यहाँ प्रदेश सरकारले पठाइएका थिए । सोही अनुसार हाम्रो पालिकाले जिल्लाका बिभिन्न नगरपालिका र गाउँपालिका स्थानीयबासीहरुलाई यस ज्ञानोदय बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राखिएको समेत बताउनु भयो ।

संघीय सरकार र प्रदेश सरकारको निर्देशन बमोजिम यहाँ पठाइएका मानिसलाई पालिका र वडाको सहकार्यका बनाइएको क्वारेन्टाइना कोरोना रुल अनुसार बसाईएको र सरकारले बनाएको समयसीमा भित्र राखी स्वास्थ्य परीक्षणबाट स्वास्थ ठहरिएको खण्डमा घर फिर्ता गर्ने समेत बताउनु भयो ।