स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा जागेश्वर गौतम

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारीबाट डाक्टर देवकोटको सट्टामा डाक्टर जागेश्वर गौतमलाई दिइएको छ ।

हाल प्रवक्ता रहेका डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयका प्रशासन विभागका प्रमुख रघुराम बिष्टले जानकारी दिएका छन् ।

कोरोनाभारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए । उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए । पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ । केही समयअघि मात्र मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो ।

यसअघी स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र विभागकै व्यवस्थापन प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको थियो ।