Breaking News

माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति (राप्रपा) कडा आपत्ति

काठमाडौँ । एक दिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मेलम्चीमा गएर पूवराजाप्रति दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली जनता परिवर्तनको पक्षमा उभिएपछि ‘अत्तालिएका, सन्तुलन गुमाएका’ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको बताएको छ ।

पार्टीले प्रचण्डको अभिव्यक्तिको घोर भर्त्सना गर्दै ‘राप्रपा मूकदर्शक भएर नबस्ने’ जिकिर गरेको छ। प्रचण्डलाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन चेतावनी समेत पार्टीले दिएको छ ।

राप्रपाको आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका महामन्त्री डा. धवल शमशेर राणाको अध्यक्षतामा बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले बताए अनुसार आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति
घोर भर्त्सना गर्दछ ।