काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने जरुरी रहेको बताएका छन् । शनिवार ललितपुरमा समाजावादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले व्यवस्था बदल्नुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ । तर सामन्तवादी व्यवस्थामा जाने होइन । दलाल पुँजीवादको वर्चश्व रहेको यो व्यवस्था, जो वंशको आधारमा पहिला १०४ वर्षसम्म र त्यसपछि २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरु सत्ताको दुरुपयोग गरेर हालीमुहाली चलाएकाहरु
हुन् । तिनीहरुबाट मुक्ति चहियो । समाजवादी गणतन्त्रमा जानैपर्छ । नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा हाम्रो पार्टीले अघि सारेको छ ।’
हुन् । तिनीहरुबाट मुक्ति चहियो । समाजवादी गणतन्त्रमा जानैपर्छ । नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा हाम्रो पार्टीले अघि सारेको छ ।’
अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरु प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताए । उनले वंशको कुरा छोड्न सबैलाई आग्रह गरे । पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै त्याग, तपस्या, बलिदान नगरेको बरु देशलाई लुट्ने काम गरेको आरोप लगाए ।
पूर्वराजा शाहप्रति आरोप लगाउँदै उनले लुट्ने इतिहास बोकेकाहरुको हातमा देशलाई लगेर बर्बाद पार्न नहुने बताए । देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको बताए । -न्युज एजेन्सी नेपाल