उदयपुरका पुनः ३ जनाका कोरोना भएको पुष्टि

२५ जेठ, काठमाडौं । अलिदिन कोरोनाका संक्रमित रोकिएको उदयपुरमा पुनः आज ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको
हो ।

कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।