आज होली पर्व । आज काठमाडौ उपत्यकासहित पहाडी जिल्लामा होली मनाउँदै । होलीको अवसरमा काठमाडौंमा प्रहरीले चेकजाँच दरो बनाएको छ ।
काठमाडौं उपत्यकाका ७५ ठाउँमा चेकपोस्ट खडा गरेर चेकिङ गरिरहेको छ।
प्रहरीले मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी चलाएका सवारी साधन होल्ड र चालकलाई प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिइरहेका छ ।
होलीमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने, जिकज्याक चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाइ चलाउने र तीन जना बोक्ने मोटरसाइकल र स्कुटरहरूलाई पनि होल्ड गर्ने गरिएको चेकिङमा रहेका एक सुरक्षाकर्मीले बताए ।
अहिलेसम्म करिब ५०० हाराहारीमा सवारी साधनहरू कारबाहीमा परिसकेका छन्।
काठमाडौंमा मात्रै ६१ ठाउँमा डेडिकेटेड चेकप्वइन्ट खडा गरिएको छ। ९६ पिकेट, ४४ मोबाइल टोली, ६० क्युआरटी, ४६ वटा सिआरभी भ्यान, ३३ ठाउँमा माइकिङ र सचेतनाको व्यवस्था गरिएको छ।