प्रधानमन्त्री ओलीले देशलाई प्रतिगमनतिर जान नदिनका लागि सरकारमा भएका वा नभएका राजनीतिक दलहरू एक आवाजमा उभिएको बताए ।
‘जसले अस्थिरता वा संविधानविपरीत कुरा गर्नुभएको छ, म सम्झाउन चाहन्छु । यो बाटो विकास रोक्ने खालको हो, जनतालाई भ्रममा पार्ने प्रयास हो कसैले केही प्राप्त गरिहाल्छु भन्ने सपना देखेको छ भने त्यो सपना नदेख्दा राम्रो।’
प्रधानमन्त्री ओलीले प्रजातन्त्र दिवसका बेला पूर्वराजाका कुरा सुनेर आफू छक्क परेको पनि बताए।
‘उहाँ त संविधानको पनि कुरा गर्नुहुन्न, कानुनको पनि कुरा गर्नुहुन्न। लोकतन्त्र, प्रणाली र प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु देश बचाउँछु,’ प्रधानमन्त्री ओलीले पूर्वराजालाई लक्ष्य गर्दै भने, ‘देश के भएको छरु उहाँहरूका र उहाँहरूबाट प्रेरित यस्ता अराजक क्रियाकलापले देश अप्ठेरोमा पर्दैछ।’
मलाई साथ देऊ भनेर पूर्वराजाले के मागेको हो बुझ्न नसकेको पनि प्रधानमन्त्री ओलीले बताए।
‘के चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेकोरु मलाई साथ देऊ, म आउँछु। कहाँ आउने उहाँरु,’ प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा आउनुस् हामी स्वागत गर्छौं। अराजनीतिमा आउने कि राजनीतिमा आउने। राजनीतिमा आउने भए यु आर वेलकम। उम्मेवार हुनुहुन्छ र साथ माग्न पाउनु हुन्छ, केमा साथ मागेको तपाईंले बुझिएन, केमा साथ माग्नु भएको अहिले बुझिएन मात्रै भनौं।’
यस्ता कुरालाई साथ दिएर देशलाई फेरि पछाडि फर्काउने प्रयासहरू पनि देखिएको उनले बताए।
पूर्वराजालाई सिंहासनमा बसाउने हल्ला चलेको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले भने, ‘आज पनि पूर्वराजालाई लगेर कहाँ सिंहासनमा बसाउने, नारायणहिटी छिराउने। के भन्या त्योरु कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छेरु,’ प्रधानमन्त्री ओलीले भने, ‘मानिदिनु परेनरु अनि राष्ट्रपति रामचन्द्र पौडेललाई के गर्नु हुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि। यो देशमा त चुनेको राष्ट्रपति छ, उहाँ के गर्नुहुन्छ ?

