काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको
हो ।
माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटापार्टीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे बस्नेछ । माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान चलाइरहेको
थियो । तर, आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए ।
आजको बैठकमा चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।