२५ फागुन, काठमाडौं । पोखरा गण्डकी भ्रमणमा गएका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौ फर्कर्ने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरेका छन् । विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाए। पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी लगाएका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई ज्ञानेन्द्रलाई स्वागत गरेका थिए । उपस्थित समर्थकहरूले शाहलाई फूल, माला र खादाले स्वागत गरेका थिए ।
पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईसहित ठूलो संख्यामा समर्थकहरू भिडले उनलाई निर्मल निवास पुर्याएको
थियो ।

