काठमाडौं । जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा शुक्रबार राति राष्ट्रिय निकुञ्जको ‘गोविन्दे’ नाम गरेको हात्तीले आक्रमण गर्दा ३४ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले हात्तीले रातिको समयमा आक्रमण गर्दा खैरहनी नगरपालिका–९ का महतोको मृत्यु भएको जानकारी दिए । महतो हाल रत्ननगर–७ मा बस्दै आएका थिए ।
यसअघि पनि सोही हात्तीले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको थियो । दुई जनाको ज्यान लिइसकेको यो हात्तीको कारण स्थानीय बासिन्दा त्रासमा छन् ।