नेकपा (माओवादी केन्द्र) ले चलाएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान स्थगित गरेको छ।
फागुन १२ गतेदेखि झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान भोलि आइतबारदेखि केही दिनका लागि स्थगित गरिएको छ ।
पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमलाई समीक्षा गरी केही दिनका लागि अभियान स्थगित गरेर फर्कन लागिएको एक माओवादी पदाधिकारीले बताएका छन् ।
पछिल्लो राजनीतिक परिघटना र राजावादीहरूको गतिविधि र अन्य राजनीतिक परिघटना बारे मध्यनजर गर्दै संसदबाट त्यसको प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेर अभियानलाई केही दिनका लागि थाँति राखेर नेताहरु काठमाडौ फर्किन लागेका छन् ।
काठमाडौं फर्केर भोलि नै पदाधिकारी बैठक बोलाइएको छ ।

